१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई बाँडफाँड

१७ भदाै, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम’ अन्तर्गत पहिलो चरणको इकाई बाँडफाँड सम्पन्न भएको छ।

साउन २९ गतेदेखि भदाै १२ गतेसम्म अंकितदर रु १० का दरले ५ करोड इकाई बीज पूँजीसहित बिक्री खुला गरिएको थियो। यस अवधिमा ८२,८२८ जना आवेदकबाट करिब रु ७४,०३,१६,००० बराबरको आवेदन प्राप्त भएकाे थियाे। यो माग प्रारम्भिक ५ करोड इकाईभन्दा १.४८ गुणा बढी हो।

९१ जना आवेदकका १४,६०० इकाई रितपूर्वक नदेखिएकाले बाँडफाँडमा समावेश गरिएको छैन। बाँकी ८२,७३७ आवेदकबाट प्राप्त रु ७४,०१,७०,००० बराबरको इकाई माग अनुसार बाँडफाँड गरिएको हो।

हाल सार्वजनिक भएको यो ५ करोड इकाई पहिलो चरण मात्र हो। नेपाल धितोपत्र बोर्डले बीज पूँजी सहित कुल रु। १ अर्ब बराबरका १० करोड इकाई बिक्री गर्न स्वीकृति दिइसकेको छ। बोर्डबाट स्वीकृत विवरणपत्रमा पनि अधिकतम १० करोड इकाईसम्म बिक्री गर्न सकिने स्पष्ट उल्लेख छ।

त्यसैले धितोपत्र बाँडफाँड निर्देशिका, २०७४ को अधीनमा रही, रितपूर्वक आवेदन दिने सम्पूर्ण लगानीकर्तालाई माग गरे अनुसारको इकाई नै बाँडफाँड गरिएको हो।

उक्त योजना खुलामुखी भएकाले बाँडफाँड मितिले तीन महिनाभित्र इकाईको खरिद-बिक्री, एसआईपी तथा मिनी एसआईपीको व्यवस्था सहित नियमित कारोबार सुरु गरिनेछ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार १३:५५