सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?
१७ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड बनाइरहेको छ। सोमबार छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर दुई हजार ४८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदी तोलामा दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार ११:२२












