२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मञ्जुश्री फाइनान्सको कर्पोरेट कार्यालय थापाथली स्थित आफ्नै भवनमा

१६ भदाै, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको कर्पोरेट कार्यालय स्थानान्तरण भएको छ । संस्थाको केन्द्रिय कार्यालय अब काठमाडौंको थापाथली स्थित आफ्नै भवनमा स्थानान्तरण भएको हो ।

हाल संस्थाको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वरमा रहेको थियो । अब कम्पनीले थापाथली अवस्थित आफ्नै भवनमा सेवा प्रवाह गर्नेछ ।

कर्पोरेट कार्यालय स्थानान्तरणका लागि कम्पनीलाइ नेपाल राष्ट्र बैंकले भदौ १२ गते स्वीकृति दिएको थियो । स्वीकृति पश्चात कम्पनी आजदेखि  सरेको हाे ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १७:५२