१२ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
१६ भदौ,काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १२.०३ अंकले बढेर २७६१.८६ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज २८ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको हाे । यस दिन हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य सर्वाधिक ६.०७ प्रतिशत बढेको छ। यस दिन विकाश हाइड्राेपावरकाे सेयरमूल्य करिब ५ प्रतिशत घटेकाे छ।
प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १५:३२














