२८ पुष २०८२, सोमबार | Mon Jan 12 2026

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

१६ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला तीन कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ उचाई बनाउँदै बढेको हो । चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा ४५ रुपैयाँले बढेर दुई हजार ४७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १०:४३