१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

३१.१७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ३१.१७ अंकले घटेर २७५९.८३ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.७७ प्रतिशतले बढेकाे छ ।  ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमा यस दिन नकारात्मक सर्किट लागेकाे छ । यस दिन नेपाल पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४५ करोड ४६ लाख रुपैयाँकोसेयर खरिद–बिक्री भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १५:३१