लघुवित्तका लगानीकर्ता मालामाल, आज यी कम्पनीको सेयरमूल्य बढ्यो सर्वाधिक
१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ३१.१७ अंकले घटेर २७५९.८३ को बिन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । आज उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य ६.७७ प्रतिशतले बढेकाे छ । त्यस्तै, यस दिन अशा लघुवित्तको सेयरमूल्य ४.१६ प्रतिशत, समता घरेलु लघुवित्तको सेयरमूल्य २.६४ प्रतिशत, मिड सोलु हाइड्रोपावरको सेयरमूल्य १.८७ प्रतिशतले बढेकाे छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १५:२२












