१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

आइतबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ३०.६९ अंकले घटेर २७५०.३० को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन नेपाल पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४५ करोड ४६ लाख रुपैयाँकोसेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सकाे २८ करोड ८८ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको २६ करोड ३३ लाख रुपैयाँ, नेपाल रिपब्लिक मिडियाको २१ करोड दुई लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १५:१३