प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१० अंकले बढेर २७८४.११ विन्दुमा पुगेको हो ।
आइतबार प्रि ओपन सेसनमा ३४ स्टकको २१२ पटकको कारोबारमा ४ करोड २२ लाख ६१ हजार ६८३ रुपैयाँबराबरको १ लाख ४ हजार ८६५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार ११:०२














