सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ३ हजार नाघ्यो
१५ भदौ, काडमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ काएम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
गत शुक्रबार सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४२५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १०:५०












