‘हिमालयन ८०–२०’ को लाभांश घोषणा
१५ भदौ, काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । हिमालयन क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाका इकाईधनीहरुलाई आव २०८१/८२ का लागि लाभांश घोषणा गरिएको हो ।
हिमालयन ८०–२० ले आफ्ना इकाईधनीहरुलाई करसहित १६.१६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो ।
प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १०:४४














