१३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026

छुट्ला है ! बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१५ भदौ, काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि  सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ लाख ६६ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख २९ हजार ४०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले १ लाख ५८ हजार ८२० कित्ता सेयर कर्मचारीहरुका लागि र २ लाख ६४ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार ०९:२४