साना किसान विकास लघुवित्तको कामु सीईओमा थापा नियुक्त
१३ भदाै, काठमाडाैं। साना किसान विकास लघुवित्तको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृतमा पृथ बहादुर थापा नियुक्त हुनुभएकाे छ ।
संचालक समितिको बैठकले थापालाई कामु सीइओको जिम्मेवारी तोकेको हो । सीईओ डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल भदौ १३ गते समाप्त भएसँगै कम्पनीले थापालाई कामु सीइओको जिम्मेवारी दिएकाे हाे । थापा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।
प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १४:५१












