नबिल इन्भेष्टमेन्टका दुई म्युचुअल फण्डको लाभांश घोषणा
१३ भदौ, काठमाडौं। नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल ब्यालेन्स्ड फण्ड–३ ले गत आवको मुनाफाबाट लगानीकर्तालाई प्रतिफल घोषणा गरेका हुन् ।
नबिल ब्यालेन्स्ड फण्ड–२ ले १३ प्रतिशत दरको कुल १४ करोड ५६ लाख रुपैयाँ बराबर र नबिल ब्यालेन्स्ड फण्ड–३ ले १३ प्रतिशत दको १६ करोड २५ लाख रुपैयाँ बराबरको नगद लाभांश बाँड्ने घोषणा गरेका हुन् ।
लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले भदौ २२ गते एक दिन बुकक्लोज गर्ने भएको छ । यसको अर्थ भदौ २१ गतेसम्म कायम इकाईधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १३:५७














