१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

आईपीओ निष्कासन गर्दै टिम भेञ्चर्स

१३ भदौ,  काठमाडौं ।टिम भेञ्चर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले  असोज ३ गते काठमाडौंको लाजिम्पाटमा रहेको दूषित प्रिन्सेसमा साधारण सभा बोलाएको छ । सो सभा दिउँसो ३ बजेबाट सुरू हुनेछ ।

सभामा सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, सभामा कम्पनीको पूँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने र गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १२:३४