२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

स्वस्तिक लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

१३ भदौ, काठमाडौं । स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको कौतुहलताको विषय बनेको छ ।

कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।

अहिले यस्तै चासोको बिषयमा रहको छ स्वस्तिक लघुवित्त कम्पनी । यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ ।

लघुवित्तले पहिलो कारोबारका लागि प्रति सेयर न्यूनतम १७१.७८ देखि अधिकतम ५१५.३४ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ ।नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । स्वस्तिक लघुवित्तको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १७१.७८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार ११:५०