१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

मिड सोलु हाईड्रोले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१२ भदौ, काठमाडौं । मिड सोलु हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १७:१३