१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

३८.१० अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

१२ भदौ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ छ । आज नेप्से  ३८.१० अंकले घटेर २७८२.०० को बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।

बिहिबार २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२७ कम्पनीको घटेको छ । आज नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ६५ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन विकास हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएको ओरियन्टल होटलको सेयरमूल्य यस दिन सर्वाधिक ४.७१ प्रतिशत घटेको छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १५:२७