नेप्सेमा हिमस्टार उर्जा कम्पनीको सेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
१२ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ३७ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता सेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबार कम्पनीको सेयर कारोबार हुनेछ।
प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १३:१४














