प्रि ओपन सेसनमा करिब १ अंकले बढ्यो नेप्से
१२ भदौ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.८९ अंकले बढेर २८२०.०० विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४४ स्टकको ७७ पटकको कारोबारमा २ करोड ६७ लाख ९९ हजार ३७६ रुपैयाँ ३० पैसाबराबरको ५१ हजार ४४४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ११:०७














