स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, ५ जना भाग्यमानीले पाए ११ कित्ता
१२ भदौ, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।
कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा कुल २४ लाख ४० हजार ४६० जना आवेदकले २ करोड ७४ लाख ६४ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ३०० जनाको आवेदन रद्द भएको छ। भने २४ लाख ३६ हजार ३९३ आवेदन सदर भएको छ ।
कुल सदर आवेदकमध्ये १९ हजार ५१९ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी ५ कित्ता सेयर ५ जनालाई १/१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।आईपीओको नतिजा केही समयपछि हेर्न सकिनेछ ।
प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १०:१८














