सर्वोच्च अदालतको आदेशमा प्रधानमन्त्रीको नाम खङ्ग प्रसाद ओली भएपछि…
१२ भदौ, काठमाडौँ । सर्वोच्चको एउटा संयुक्त इजलाशको आदेशमा प्रधानमन्त्रीको नाम नै फरक उल्लेख भए पनि सामाजिक सञ्जाल मार्फत प्रश्न उठाइएको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौँलाको इजशालले दिएको एउटा आदेशमा प्रधानमन्त्रीको नाम खङ्ग प्रसाद ओली लेखिएको छ ।
भदौ ११ गते अधिवक्त विरेन्द्र केसीको निवेदनमा आदेश दिनेक्रममा न्यायाधीशद्धयले प्रधानमन्त्रीको नाममा अर्को बनाएर हस्ताक्षर गरेको पाइएको छ । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धी मुद्दाको आदेशमा प्रधानमन्त्रीको नामै फरक पारिएको हो।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ०९:४४








