२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

केपी ओलीले सरकार चलाउँदा पनि एमाले नेता ऐन महरले न्याय अनुभुत गर्न पाएनन्

११ भदौ, काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरले आफू अन्यायमा परेको बताउनुभएको छ । बुधबार साइबर क्राइमको मुद्दामा प्रहरी कार्यालयबाट फर्किएर घरमा श्रीमतिसहित फेसबुक लाइभमा बस्नुभएको महरले राजनीतिक कार्यकर्ता  भएकै कारण अन्यायमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म राजनीतिक कार्यकर्ता हुँदा मैले न्याय नपाउने ?’

लाइभ मार्फत उहाँले भन्नुभयो, ‘मेरो सामाजिक–राजनीतिक जीवनलाई ध्वस्त बनाउने प्रयास भइरहेको छ । मैले कसैलाई कुनै आरोप नलगाउँदा पनि साइबर क्राइम भनेर उजुरी गयो, तर मेरो बारेमा दिनहुँ अफवाह फैलाएर चरित्र हत्या गर्दा साइबर क्राइम नहुने हुन्छ।’

dainiki.com

केही समयअघि सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बझाङकी रस्मिला धामीले महर दम्पतीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएपछि प्रहरी पक्राउ पुर्जी लिएर जानकारी दिएको थियो । सो जानकारीपछि महर दम्पत्ति बुधबार स्वयं प्रहरी कार्यालय उपस्थित हुनुभएको थियो ।

महरले मिडियाहरूले ठुलै अपराध गरेको जस्तो गरी पक्राउ पुर्जी जारी भएको र पक्राउ गरिएको भन्ने समाचार लेखेको गुनासो गर्नुभयो । देशमा महरकै पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेको छ । तर महरले नै अन्यायको महशुष गरेपछि बाँकीले कसरी न्याय पाउलान भन्ने प्रश्न पनि उठेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार २२:३१