१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

बन्दिपुर केवलकारको आईपीओमा मागभन्दा करिब २ गुणा बढी आवेदन

११ भदौ, काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा पहिलो दिनमा नै मागभन्दा करिब २ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा साझ ५ बजेसम्ममा ६ लाख ५७ हजार ४०२ आवेदकबाट ८० लाख १५ हजार १ सय कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । यो मागभन्दा १.८५ गुणा बढी आवेदन हो ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयरको बिक्री आवेदन खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १७:५७