१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

कालीगण्डकी गर्जको ५१ प्रतिशत सेयर ग्रीन भेन्चर्सले खरिद गर्ने

११ भदाै, काठमाडौँ । ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ । यससम्बन्धी दुबै कम्पनीबीच भदौ १० गते सेयर खरिद सम्झौता सम्पन्न भएको छ ।

कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीले म्याग्दी र मुस्ताङ्ग जिल्लास्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्दै आएको छ । यस आयोजनाले विद्युत उत्पादनको अनुमति प्राप्त गरिसकेको छ ।

आयोजनाको कुल लागत अनुमानित ३९ अर्ब ५० करोड रुपैयाँ रहने छ । उक्त लागत व्यवस्थापनका लागि ऋण तथा स्वपूँजीको अनुपात ७५ः२५ प्रतिशत रहेको छ । परियोजनामा लक्ष्मी सनराईज बैंकको नेतृत्वमा विभिन्न बैंकहरुले सह-वित्तीय व्यवस्थापन गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १२:५१