२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

सुनको मूल्य तोलामा दुई लाख नजिक

११ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेर ऐतिहासिक उचाई नजिक पुगेको हो ।

आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी दुई हजार ३६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : 11:07