नागरिक अवज्ञाको चेतावनीपछि इम्बोस्ड नम्बर प्लेटबारे पछि हट्यो सरकार
१० भदौ, काठमाडौँ । पटक पटक नागरिक अवज्ञाको चेतावनीपछि इम्बोस्ड नम्बर प्लेट जडानमा लचक हुँदै आएको सरकार यो पटक पनि पछि हटेको छ । सरकारले नगारिकले अवज्ञा गर्ने भनेर सामाजिक सञ्जाल मार्फत अभियाननै चलाएपछि यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गरी आफूलाई अनुकूल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने जानकारी दिएको छ ।

विभागले सूचना मार्फत सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमशस् जोड्दै लैजाने निर्णय भएको भए पनि असोज १ गतेदेखि जडान नगरे कारबाही नहुने स्पष्ट पारेको छ । विभागले प्लेट जडान नगरेकै कारण तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने प्रष्ट पारेको छ ।


प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार १८:४८









