२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७२ पुग्यो, कुनको हिस्सा कति ?

८ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेकाे छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्क अनुसार २०८२ असार मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको हाे ।

सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन्। २०८१ असारमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७० रहेको थियो।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५४.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.८ प्रतिशत रहेकोछ ।

नेप्सेमाअसार मसान्तमा सूचीकृत ८ अर्ब ८२ करोड सेयरको चुक्ता मूल्य रु.८६९ अर्ब ८६ करोड रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १७:३८