माओवादी पदाधिकारी बैठक स्थगित
८ भदौ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि बिहीबार बोलाइएको बैठक पनि स्थगित भएको थियो ।
प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १२:४०












