१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

तोलामा २३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

८ भदौ, काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार ११:०४