सानिमा जिआईसी इन्स्योरेन्सको ५ लाख ८० हजार कित्ता सेयर बिक्रीमा
८ भदौ, काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ ।कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आफूले खरिद गर्न चाहेको दर र सेयर संख्या खुलाई आवश्यक कागजातसहित कम्पनीको रजिष्टर्ड कार्यालयमा काठमाडौंको टंगालमा रहेको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार ०९:३९














