२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

विपिन जोशीको आमा र बहिनीसँग प्रधानमन्त्रीले कैद गराए तस्बिर

७ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको परिवारका सदस्य आमा पद्मा र बहिनी पुष्पासँग तस्बिर कैद गराएर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ । सो अवसरमा उहाँले विपिनको सकुशल रिहाइका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरुसँग भेट भयो। विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो। बिपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन।’

विपिनको परिवारले इजरायल भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति र संसदका अध्यक्षसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ता विपिनको रिहाइको पहललाई थप सशक्त बनाउने उद्देश्यले नेपाली दूतावासको समन्वयमा आयोजना भएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार १६:३६