‘बा’ ब्राण्डिङमा एमाले कार्यकर्ताको छलाङ, कुशे औँसीमा ‘राष्ट्रिय बा’ भन्दै ओलीको प्रचार
७ भदौ, काठमाडौँ । ‘बा’ ब्राण्डिङमा एमाले कार्यकर्ताको छलाङ नै मारेका छन । पार्टी अध्यक्ष समेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘राष्ट्रिय बा’ भन्दै एमालेका पचासौँ नेता कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन ।
‘बा’ ब्राण्डिङमा अनेक गतिबिधि गरिरहेको एमालेले कुशे औँसीको अवसरमा ओलीलाई ‘राष्ट्रिय बा’ को रूपमा प्रचार गरेको हो । एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले फेसबुकमा पोस्टर राख्दै लेख्नुभएको छ, ‘राष्ट्रलाई मार्गदर्शन गर्ने शक्ति, सन्तानलाई जीवनपथ देखाउने ज्योति हाम्रो गौरव, हाम्रो राष्ट्रिय बा १ कुशे औंसीको शुभ अवसरमा, राष्ट्रका अभिभावकलाई नमन ।’

‘बा’ भनेपछि कमी कमजोरी सबै माफ हुने र पार्टी र जनसंगठनमा समेत जिम्मेवारी पाइने भास्य समेत एमालेभित्र निर्माण हुँदै गएको परिप्रेक्ष्यमा जन्मदिने प्रक्रियामा संलग्न हुने बा सम्झिने दिनेमा एमाले नेता कार्यकर्ताले अध्यक्ष ओलीलाई ‘राष्ट्रिय बा’ भन्दै प्रचार गरिरहेका छन ।
प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार १६:१९












