१७ माघ २०८२, शनिबार | Sun Feb 1 2026

एन्का अध्यक्षमा पुन: जोशी , साधारण सभाबाट विभिन्न कार्यक्रम घोषणा

एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एसोशियसनए(एन्का)को साधारण सभाले बिजय जोशीलाई पुन: अध्यक्षमा निर्वाचित गरेको छ ।

साधारण सभाले अध्यक्ष जोशी सहित उपाध्यक्ष डोलकर गुरुङ, सचिब सन्तोष अधिकारी, कोषाध्यक्ष दिपश राज पाण्डे, जनसम्पर्क अधिकारी दिपक क्षेत्री, सदस्यहरुमा बिनिता सिह, पारस जोशी, मधुकर पौडेल, सबु पौडेल, दिप्सन  खड्का रहेका छन् । यसै गरि सभाले एन्कादुतमा साउथ अष्ट्रेलियाकी पुर्व मन्त्री तथा सांसद जिङ् ली र सल्लाहकारमा पारा ओलम्पियन क्याट्रिना ओएभलाई चयन गरेको छ ।

२०१४मा स्थापित एन्का अन्तर्गत ८ वटा क्रिकेट क्लबहरु रहेका छन् । एन्काले बर्ष २०२५/२६ मा एक्सपट एन्का सुपर लिग, एलसीए फ्रेन्डशिप कप २०२५/२६ (महिला) , जुनियर टुनामेन्ट, उलवर्थ क्रिकेट बलास्ट, महिलाहरूको लागि केन्द्रित प्रेरक कार्यक्रम एलसिए एन्का सनसाईन डे, बालबालिकाहरुका लागि क्रिकेट मार्फत समुन्द्री सुरक्षा सम्वन्धी कार्यक्रम,  एन्का सुपर सिक्स टुनामेन्ट , फरक क्षमता भएकाहरुका लागि क्रिकेट प्रतियोगिता सहित रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ | भने साउथ अष्ट्रेलियन क्रिकेट एशोसियसनद्वारा आयोजित विभिन्न प्रतियोगिताहरु सहभागी हुने र दक्ष जनशक्ति विकास गर्न सकियोस् भनेर कोचिङ, अम्पायरिङ र अन्य विषयमा औपचारिक प्रशिक्षणको लागि साउथ अष्ट्रेलियन क्रिकेट एशोसियसन संग सहकार्य गर्ने सहितको कार्य योजना समेत सार्वजनिक गरिएको छ ।

पुन: अध्यक्षमा निर्वाचित जोशीले साउथ अष्ट्रेलियमा रहेका नेपाली समुदायको सहयोग र सहभागीता १० बर्ष देखी समुदायकै सेवा गरिरहेकाले आगामी दिन कार्यक्रमहरुलाई निरन्तरता दिने र केहि नयाँ कार्य योजना सहित अगाडि बढ्ने बताए । उनले क्लवहरु, खेलाडीहरु सहित सिङ्गो नेपाली समुदायबाट विगत वर्षहरुमा भन्दा बढि साथ र सहयोग पाउने विश्वास व्यक्त गरे । उनले एन्काले नेपाली समुदाय भित्र मात्र नभएर गत बर्षबाट शुरु गरिएको सार्क क्षेत्रका विभिन्न देशहरुको प्रतिनिधित्व गर्ने गरि मैत्रीपुर्ण महिला क्रिकेट गर्न शुरु गरिएकोमा यस बर्ष अझै भव्य रुपमा सम्पन्न गर्ने बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १८:०१