आज पनि घट्यो सुनको भाउ, यस्ताे छ प्रतितोला मूल्य
४ भदौ, काठमाडौं । बुधबार पनि स्थानिय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी आज ४५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २५५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १०:४९












