२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

नेप्सेमा विकास हाइड्रोपावरको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

३ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विकास हाइड्रोपावरको सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ९० लाख ९१ हजार १३ कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीका लागि BHCL कोड प्रदान गरेको हो ।

नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि ९७ रुपैयाँ ४३ पैसादेखि २ सय ९२ रुपैयाँ ९२ पैसासम्मको रेञ्ज प्रदान गरेको छ । सोही मूल्यको आधारमा बुधबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १६:१३