नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम भने साढे ५ अर्बमा सीमित
३ भदौ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंककाे सुधार आएको छ । यस दिन नेप्से ९.७६ अंकले बढेर २७८०.१५ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३६ करोड ६५ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन सबैभन्दा यूनाइटेड मोदी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३१ करोड ७२ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन सान्भी इनर्जीको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य यस दिन प्रतिकित्ता ६.९८ प्रतिशतले बढेको हो । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ६.१४ प्रतिशत घटेको
प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १५:२९














