३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

प्रि ओपन सेसनमा साढे ८ अंकले बढ्यो नेप्से

१५ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंक बढेको छ। यस दिन सो सेसनमा नेप्से ८.६२ अंकले बढेर २९५८.७८ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा १४७ स्टकको ९०८ पटकको कारोबारमा १० करोड ७५ लाख ९३ हजार ४७३ रुपैयाँ २० पैसाबराबरको १ लाख ७५ हजार ८९९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:58