१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

एकैदिन तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

३ भदौ, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार ११:०५