१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

२ भदौ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से ९.१६ अंकले बढेर २७७०.३९ को बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको कारोबार भएको हो ।

यस दिन युनियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेकाे छ । यस दिन कम्पनीकाे सेयरमूल्य ६.१० प्रतिशतले बढेकाे हाे । आज नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २१ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो । सम्पदा लघुवित्तको सेयरमूल्य यस दिन ४.८१ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १५:३४