नेपाल माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर
२ भदाै, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै बाग्मती प्रदेश कार्यालय गैह्रीधारा काठमाडौंका लागि कर्मचारी माग गरेको हाे ।
कम्पनीले वरिष्ठ सहायक अन्तर्गतको कृषि बीमा प्राविधिक र पशुपन्छी बीमा प्राविधिक पदमा एक–एक जना कर्मचारी माग गरेको हो। यी दुवै पदका लागि सम्बन्धित विषयमा कम्तीमा डिप्लोमा गरी १ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको हुनु पर्नेछ भने २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। योग्य तथा इच्छुकले भदौ १५ गतेभित्र आवश्यक कागजात सहित आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १५:०७












