२ पुष २०८२, बुधबार | Wed Dec 17 2025

२ भदौ, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १०:५४