२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

घर-जग्गा लिलाम अब मोबाइलमै, एनआईसी एशिया बैंकको डिजिटल प्ल्याटफर्म सुरू

२ भदाै, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्री सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

बैंकले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितोमा रहेको सम्पत्तिको लिलाम बिक्री सम्बन्धी विवरण https://auctionassistance.nicasiabank.com मार्फत सार्वजनिक गर्ने व्यवस्था गरेको हो ।

उक्त पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र लोकेशनसहित सम्पूर्ण विवरण समेटिएको छ । ग्राहकले क्युआर कोड स्क्यान गरी पोर्टलमा सहज पहुँच पाउन सक्नेछन् ।

थप जानकारीको लागि पोर्टलमा रहेको सम्पत्ति विवरण अन्तर्गतको म्यासेज बक्स प्रयोग गरी सोधपुछ गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले पोर्टलमा नियमित रूपमा लिलाम बिक्रीसम्बन्धी सूचना अद्यावधिक हुने जानकारी दिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १०:४७