२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

कर्णालीमा पनि अनेरास्ववियुको समानान्तर कमिटी, कार्यविभाजनले कार्यकर्तामा कोलाहाल

१ भदौ, काठमाडौँ । नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियुमा प्रदेश र जिल्लामा समानान्तर गतिबिधि अघि बढेको छ । गण्डकीपछि कर्णालीमा पनि सामानान्तर कमिटी नै बनेको छ ।

अध्यक्ष सुजन कडरियाले कार्यविभाजन गर्दा गुटको पक्षधरता देखाएको भन्दै कर्णालीमा पूर्व महाचसिव नरेश रोकाय पक्षधरहरूले समानान्तर कमिटी बनाएका हुन । उनीहरूले कार्यविभाजनमा असन्तुष्टि जनाउँदै समानान्तर कमिटी घोषणा गरेका हुन ।

सञ्जय योगीको संयोजकत्वमा नयाँ कमिटी घोषणा भएको छ । जसको सहसंयोजकमा धर्म शाही रहनुभएको छ । केन्द्रीय सचिवालय सदस्य अक्कल सिजापति, प्रतिमा खड्का र विराज भण्डारी, केन्द्रीय कमिटी सदस्य प्रकाशमान सिंह, रत्ननाथ योगी र सन्जिता साह, दैलेखको जिल्ला कमिटी अध्यक्ष इन्जिनियर झलक खड्का, सुर्खेत अध्यक्ष प्रतीक शाहीले योगीको संयोजकत्वमा नयाँ कमिटी घोषणा गर्नुभएको हो ।

कार्यविभाजनले देशभर अनेरास्ववियुको कार्यकर्तामा कोलाहाल सिर्जना भएको छ । कार्यविभाजनकै कारण गण्डकीमा दुइ तिहाइ बढी केन्द्रीय सदस्य र जिल्ला अध्यक्षले सुरज सापकोटाको नेतृत्वयमा नयाँ कमिटी घोषणा गरेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १५:१४