२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

हिमालयन रि इन्स्योरेन्सकाे नाफा १ अर्ब ३९ करोड

१ भदौ, काठमाडौं। हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३१ करोड खुद नाफा कमाएको थियो ।

कम्पनीले यो अवधिसम्म ६ अर्ब ३७ करोड रुपैयाँको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १७.४५ प्रतिशतले बढी हो । कम्पनीले ७ अर्ब ७३ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ अर्ब ६६ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो ।

यो अवधिसम्म कम्पनीले ३ अर्ब ६७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १२.८२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५५.०९ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १३:४८