२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

१ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.४८ अंकले बढेर २७८९.८५ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ५७ स्टकको १४४ पटकको कारोबारमा २ करोड ९२ लाख ९१ हजार ९४ रुपैयाँ ५० पैसाबराबरको १ लाख २० हजार ३३६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १०:५९