२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

आज पनि सुनको भाउमा गिरावट, यस्तो छ कारोबार मूल्य

१ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य लगातार घटेको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार चाँदी तोलामा दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १०:५५