सन नेपाल लाइफको नाफा ५७ करोड ४९ लाख
३० साउन, काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ५४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ५.६५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्क आम्दानी भने २५.२९ प्रतिशतले बढेर ४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले ५ अर्ब ४० करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ४ अर्ब ४५ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ६१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा २६.९६ प्रतिशतले धेरै हो । कम्पनीको प्रतिसेयर आम्दानी ११.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.२३५ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार ११:४५












