२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

प्राइम बैंकको नाफा ४ अर्ब २ करोड, लाभांश दिने क्षमता १४.३३ प्रतिशत

३० साउन, काठमाडौं । प्राइम बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब २ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १४.७२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८२ करोड २४ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११.९२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८८ करोड २७ लाख रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा ९९ करोड ५३ लाख रुपैयाँबाट बढेर २ अर्ब ७८ करोड ८ लाख रुपैयाँ पुगेको हो । यस आधारमा बैंकको लाभांश क्षमता १४.३३ प्रतिशत रहेको छ ।

बैंकको खराब कर्जा बढेको । यसअवधिमा बैंकको खराब कर्जा ४.६५ प्रतिशतबाट बढेर ५.५६ प्रतिशत पुगेको हो । बैंकको चक्तापुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चिति रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.४५ रुपैयाँबाट बढेर २०.७४ रुपैयाँ पुगेको छ । भने प्रतिसेयर नेटवर्थ १७३.७२ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार ०९:४९