२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

बढ्यो सुनको भाउ, यस्तो छ प्रतितोला कारोबार मूल्य

२९ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी दुई हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार ११:००